बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंक रोड भैरहवा बस्ने ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जीसीले जानकारी दिए ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

