२ श्रावण २०८३, शनिबार 1784395583
समाचार

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । जातीय विभेद सधैंका लागि अन्त्य हुनुपर्ने भन्दै जातीय छुवाछूतविरुद्धको अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मान्छेले मान्छेमाथि गर्ने जातीय विभेद सधैंका लागि अन्य गर्न सबैं गम्भीर हुनुपर्ने भन्दै अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । उनीहरुले घर बहाल लगाउने घरबेटीले समेत जातीयताको आधारमा भेदभाव गर्ने गरेको गुनासो गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले दलित समुदायले हिजोका दिनमा ऐतिहासिक रूपमा राजनीतिक आन्दोलन गरेरै मुलुकमा नयाँ व्यवस्था बने पनि अहिले दलित समुदायका मुद्दालाई बेवास्ता गर्ने काम भएको गुनासो गरेका थिए ।

जेनजी आन्दोलनको आडमा अहिले सरकारको नेतृत्व गरिरहेका वा दलित समुदायबाटै प्रतिनिधित्व गर्ने सांसदहरू दलितका मुद्दामा किन बोल्दैनन् भन्दै उनीहरुले प्रश्न समेत गरेका छन् ।

दलितमाथि अमानवीय र क्रुर व्यवहार गर्ने मानसिकता बोकेको समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू मौन बस्न नहुने र जातीय छुवाछूत अन्त्यका लागि गैरदलितहरु पनि उत्तिकै जिम्मेवार र उत्तरदायी हुनुपर्ने उनीहरुको भनाइ छ ।