३ आश्विन २०८१, बिहिबार 1726811000
Banner

नेपालमा पनि भेटियो मंकीपक्स, संक्रमित टेकु अस्पताल भर्ना

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मेल खाने लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।

दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । अस्पताल स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक रहेको चिकित्सकले बताए । ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । उनमा ‘मंकीपक्स’ लक्षण देखिएकोले हेल्थ डेस्कले टेकु पठाएको थियो,’ ती चिकित्सकले भने, ‘शरीरमा मंकीपक्स भाइरसको जस्तो धेरै राता फोका छन् ।’
मंकीपक्स भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए ।

ती चिकित्सकले भने ‘मंकीपक्स’ भाइरस पुष्टि गर्न पहिला हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाछौं । त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुन्छ’

‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ ।

चिकित्सकका अनुसार संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको चिकित्सकले बताएका छन् ।