२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:04 am
समाचार

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

सूचना प्रेस २०८३ श्रावण ४ सोमबार ००:००, १०:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । भक्तजनको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

सनातन हिन्दु परम्पराअनुसार साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा, व्रत, जप, तप तथा दान–पुण्य गर्ने चलन रहिआएको छ ।