काठमाडौं । कीर्तिपुरस्थिट ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका कारभित्रका पुरूषको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको हो ।
आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ । कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

