सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरूद्वको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । आफ्नो पूर्ववत् सहमति अनुसार नै कँडेलविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने दलले आधिकारिक निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।
‘यसअघि नै हामीले उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ । अब निर्णय परिवर्तन गर्ने कुरा हुँदैन’, उनले भने । नेपाली कांग्रेस र नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

