९ श्रावण २०८३, शनिबार 1785004292
Banner

नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति

काठमाडौं । नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भएको छ।

प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो। जसमा अन्य पाँच वटा प्रदेशको नेतृत्व लिनेबारे सहमति भएको थियो । यद्यपि गण्डकी र मधेश प्रदेशको भने टुंगो लागेको छैन ।

लिखित सहमति अनुसार, ती प्रदेशहरूमा प्रदेशसभा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तयार गरिनेछ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।