काठमाडौं । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गरेपछि यतिबेला नामावलीमा नाम दर्ता गर्नेको घुँइचो लाग्ने गरेको छ।
काठमाडौंको बबरमहल स्थित जिल्ला निर्वाचन कार्यालयमा शुक्रबार फोटो खिच्नेको भीड बढेको हो । चर्को घाम र घण्टौं समय लाईनमा बस्नु परेपनि त्यस्को बेवास्ता गदै आगामी निर्वाचनमा सहभागि हुने उदेश्यले मतदाताहरु भोट लिष्टमा नाम दर्ता गराउन उत्साहीत भएका हुन् ।
निर्वाचन आयोगले मतदाता नामावली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउनु परे अहिलेनै सच्याउन भनेको छ ।
तस्विर मनिष मगर