२४ भदौ २०८३, बुधबार 1788983131
Banner

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । चर्को जनदबाव र संसद्‍मा समेत खोजी भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार साँझ तराई क्षेत्रमा विकसित घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयको तयारी भइरहेको जनाइएको छ।