काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्तवादले जन्माएको गरिबी एमालेले घटाउने काम गरेको बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले एमाले गरिब जन्माउने पार्टी नभएको बताए । ‘एमाले गरिब जन्माउने पार्टी होइन, गरिब त सामन्तवादले जन्माएको हो । त्यो गरिबलाई मुक्त गर्ने पार्टी एमाले हो,’ उनले भने ।
उनले गरिबी घटाएको अनुपात पनि सुनाए । ‘पञ्चायत अन्त्य हुँदै गर्दा ४५ प्रतिशत रहेको गरिबलाई २० प्रतिशतमा झार्न सफल भएका छौ,’ पोखरेलले भने ।

