१५ श्रावण २०८३, शुक्रबार 1785519680
Banner

शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसक्यो :  शिक्षामन्त्री

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्तिमा त्रिवि उपकुलपति अनिवार्य भनिएकोले अलिकति ढिलो हुन पुगेको थियो । अब प्रक्रिया अघि बढिसक्यो । ’ उनले विश्वविद्यालयका ऐनका प्रावधानहरू फरक फरक भएकाले पनि पदाधिकारी नियुक्ति प्रक्रियामा समय लागेको बताए ।

मन्त्री पोखरेलले भने, ‘सबै विश्वविद्यालयका छुट्टा छुट्टै ऐनहरू छन् । जुन ऐनमा कुलपति वा सहकुलपतिले सर्च कमिटीले गठन गरेर त्यो अनुसार उपकुलपति नियुक्त गर्नुपर्ने हो । सम्पूर्ण विश्वविद्यालयमा भइसकेका छन् । केही विश्वविद्यालयको ऐनको प्रावधान फरक छ ।

कतिपय विश्वविद्यालयमा त्यस्ताे विश्वविद्यालयको सिनेटले सर्च कमिटी गठन गरेर नियुक्ति प्रकृयालाई अगाडी बढाउँछ । सिनेटबाट नियुक्ति हुनेमा प्रक्रिया ढिलो भएको छ ।’ कतिपय विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष अनिवार्य हुने भएकाले त्यसो विश्वविद्यालयमा सर्च कमिटी गठन नभएको बताए ।