१७ श्रावण २०८३, आइतबार 1785670880
समाचार

सिरहाको गोलबजार क्षेत्रमा दिनभर कर्फ्यु खुकुलो

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि खुकुलो पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जनाएको हो ।

प्रशासनका अनुसार स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यु अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः सूचना जारी गरिनेछ । प्रशासनले गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक सहजीकरण गर्न पनि आग्रह गरेको छ ।

यस्तै, कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति समूह बनाएर भेला नहुन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।