१९ श्रावण २०८३, मंगलबार 1785827849
अर्थ

ईभी लिपमोटर बी-०३-एक्स नेपाल आइपुग्यो, छिट्टै औपचारिक लन्च हुँदै

काठमाडौं । अत्याधुनिक एवं प्रिमियम इलेक्ट्रिक एसयूभी लिपमोटर बी–०३–एक्स (B03X) आधिकारिक रूपमा नेपाल आइपुगेको छ। 

नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक  सांग्रिला मोटर्स प्रा.लि. ले यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।  ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।

कम्पनीका अनुसार नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर B03X ले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५६ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५५५ किलोमिटरसम्म (CLTC) प्रभावकारी रेन्ज प्रदान गर्दछ। 

साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका दृष्टिले यसमा एडीएएस लेभल २ (ADAS Level 2) प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

विश्वव्यापी रूपमा मासेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ। 

चीनको नम्बर १ स्टार्ट–अप न्यू इनर्जी भेहिकल (NEV) ब्रान्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्र १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए।

विश्वका ४० भन्दा बढी देशमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ।