१८ आश्विन २०८३, आइतबार 10:24 pm
Banner

एसीसी टी–२० मा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ।

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।