२१ श्रावण २०८३, बिहिबार 1786017038
Banner

कांग्रेस आधिकारिकता विवाद : देउवाको पुनरावलोकन निवेदन सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ । कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुन लागेको हो ।

देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाइ हुनेछ । देउवाको पुनरावलोकनको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ । पूर्ण इजलासमा भएको सुनवाइपछि सम्भवतः आजै निर्णय आउनसक्ने अनुमान गरिएको छ ।