२२ श्रावण २०८३, शुक्रबार 1786094875
समाचार

तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, सशस्त्रको बीओपीमा क्षति

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार सुक्खा पहिरो गएको छ ।

पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्‍याएको हो ।

उत्तर पश्रिमतर्फ रहेको अग्लो डाँडाबाट सुख्खा पहिरो झरेर बीओपीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।