२३ श्रावण २०८३, शनिबार 1786189412
समाचार

नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी)का अमिन टोपजंग खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा खत्रीलाई अख्तियारको टोलीले गत असार २ गते पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा खत्रीले आफ्नो पद तथा ओहाेदासम्बन्धी काममा सहजीकरणको नाममा एक लाख ६० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।