२५ श्रावण २०८३, सोमबार 1786363507
अर्थ

सुनको मूल्य सामान्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर तोलाको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।