२६ श्रावण २०८३, मंगलबार 1786444487
समाचार

अण्डाको मूल्य बढ्यो

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो तीन हजार रुपैयाँ प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग धेरै बढेको छ ।

माग बढेसँगै अण्डाको मूल्य बढेको हो । फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए ।

अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । कुखुरा पालक किसानले बर्डफ्लुका कारण ठूलो क्षति व्यहोर्नु परेको छ ।