रौतहट । रास्वपा नेता रवीन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
यादव गरुडा नगरपालिकाका रास्वपा सभापति हुन् ।
उनले स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गर्दै गाली गलौज गरेको उजुरी परेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

