२९ श्रावण २०८३, शुक्रबार 1786711917
Banner

पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गत बुधबार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

श्रेष्ठको निवासबाट बुधबार राति, बिहीबार बिहान जनआस्था कार्यालय झम्सीखेल र बिहीबार साँझ बागडोल नख्खुबाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आज आदेश दिएको हो ।

पत्नि श्रेष्ठले दायर गरेको रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडाल लगायतले बहस गरेपछि अदालतले सो आदेश दिएको हो ।