२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:15 am
Banner

सांसद सुनारले अपमान गरेपछि आइजीपी कार्कीले भेटे सभामुख

सूचना प्रेस २०८३ श्रावण २९ शुक्रबार ००:००, १६:१५ बजे १ मिनेट पढाइ

काठमाडौं। संसदीय समितिको बैठकमा आफूमाथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।

उनले आज दिउँसो संसद सचिवालयमा पुगेर प्रतिनिधिसभाका सभामुख अर्यालसँग भेट गरेका हुन्।

प्रहरी महानिरीक्षक कार्कीले सभामुख अर्यालसँग केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराए ।

सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै आइजिपी कार्कीमाथि ‘अमर्यादित’ टिप्पणी गरे पछि कार्कीसहित उपस्थित सांसदले सुनारको ब्यवहारको आलोचना गरेका थिए ।