काठमाडौं । धवलशमशेर राणा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । उनी दलबलसहित आयोगको कार्यालयमा पुगेका हुन् ।
राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका छन्।
यसअघि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर दल दर्ता गर्ने तय भएको थियो । तर एकाएक प्रसाईँ भाँडिएपछि उनले मात्रै दल दर्ता गर्न लागेका हुन् ।

