२७ भदौ २०८३, शनिबार 1789237341
अर्थ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ। जसअनुसार सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँ तथा चाँदीमा प्रति तोलामा ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ जबकी गत शुक्रबार प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्यमा पनि बृद्दी भएर आज तोलाको चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँ मात्रै थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलरमा कारोबार हुदाँ चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार जारी छ।