१७ असार २०८३, बुधबार 1782952219
Banner

भूटानी शरणार्थी नेता भम्पा राईको निधन

झापा : भूटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन भएको छ।

आज बिहान दुई बजेतिर विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवार स्रोतले जनाएको छ। 

राईलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो। शनिवार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो।

सन् १९९२ मा भूटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बसेका थिए। शरणार्थीको निशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए। 

राईलाई दमक नगरपालिकाले निःशुल्क बसोबासको प्रबन्ध गरिदिएको थियो।