१८ आश्विन २०८३, आइतबार 11:23 pm
Banner

काठमाडौं महानगरको नीति कार्यक्रम आज

काठमाडौं -काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाले जनाएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।

महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ।