२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:27 pm
समाचार

२४ घण्टामा १ हजार १०३ चालक ट्राफिक कारबाहीमा

सूचना प्रेस २०८३ भदौ २ मंगलबार ००:००, ०९:४५ बजे १ मिनेट पढाइ

काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १०३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा २६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४४, हर्न निषेधमा ३८, लेन क्रसमा ५६, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १६ र अन्यमा ६५९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।