काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णालीका जनताले सिटामोल नपाउँदा मन्त्री बिरामी हुँदा लाखौँ खर्च गरेर काठमाडौं ल्याइएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले सिटामोल नपाइरहेको बेलामा मन्त्रीलाई ३०(३५ लाख खर्च गरेर काठमाडौं ल्याइएको बताएकी हुन् ।
उनले भनिन्, ‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ। मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन।’

