३ भदौ २०८३, बुधबार 1787135100
Banner

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

काठमाडौँ : कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ।

बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन्। नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए। कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन्।