५ भदौ २०८३, शुक्रबार 1787336255
समाचार

देउवा र खड्काको रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन ।

संस्थापनले एकलौटी रूपमा अगाडि बढाएको पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएकाे हाे । दिउँसो खाजा समय पछि पेस गरिएका छुट्टाछुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो । सर्वोच्च प्रशासनले रिट पेस गर्नेहरूलाई सोमबार आउन भनेको छ ।

देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्‍याएका थिए । देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवणकुमार थिए । रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ ।