७ भदौ २०८३, आइतबार 1787492936
समाचार

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

वीरगञ्ज । यहाँ खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा बेपत्ता भएको भनी स्थानीयबाट सूचना प्राप्त भएपछि खोजीका लागि सुरक्षा बेश पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले ब्रह्मदेवको शव फेला पारेको हो ।

खोजी गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीले खोलामा डुबेको अवस्थामा फेला पारेको शवको मुचुल्का उठाई परीक्षणका लागि नारायणी अस्पतालतर्फ पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।