७ भदौ २०८३, आइतबार 1787498914
समाचार

सप्तरीमा बालिका मृत्यु प्रकरण : सौतेनी आमा पक्राउ

सप्तरी । सप्तरीमा दूई बर्षीया बालिकाको मृत्यु प्रकरणमा सौतेनी आमा पक्राउ परेकी छिन् । शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी छोरी आज बिहानदेखि हराइरहेकी थिइन् ।

खोजतलासका क्रममा उनी घर पछाडी झाडीमा मृत फेला परेकी थिइन् । सौतेनी आमाको व्यवहारमा शंका लागेपछि प्रहरी तत्कालै पक्राउ गरेको थियो । पक्राउपछि उनले हत्या गरेको स्वीकारेकी हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।