काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा वितरण गर्ने घोषणा गरेको हो ।

