उदयपुर । उदयपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। अन्य ३ यात्रु घाइते भएका छन्।
बेलका नगरपालिका-५ जहडामा सोमबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिँदा अटोमा सवार दुईजनाको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.५-००१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को.१ ख ३५१६ नम्बरको बसले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा बेलका नगरपालिका-५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर र अर्की एक जना महिला छिन्। उनको सनाखत हुन बाँकी छ। प्रहरीले चालक बेलका नगरपालिका-५ घुम्ने बस्ने करिब ३६ वर्षीय विक्रम थापालाई प्रक्राउ गरेको छ ।

