१९ भदौ २०८३, शुक्रबार 1788564786
समाचार

गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान पैदलयात्रा गर्ने क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी विश्वकर्माले बताए।