काठमाडौं । नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले विशेष अटो लोन सुविधा ल्याएको छ ।

नाडा अटो सो २०२६ को अवसरमा बैंकले व्यक्तिगत सवारीसाधन खरिदका लागि न्युनतम ५ दशमलव १७ प्रतिशत ब्याजदर बाट ७ वर्ष सम्म कर्जा उपलब्ध गराउने जनाएको छ । गाडी खरिद गर्न चाहने ग्राहकले नाडा अटो सो मा रहेको बैंकको स्टलबाटै कर्जा प्रक्रियाका लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
नाडा अटो सो २०२६ मंगलबारदेखि भदौ १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन रहनेछ ।

