धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढी धादिङको फुर्केखोलाको पक्की पुल पनि बगाएको छ ।
धादिङको सदरमुकाम धादिङबेशी जाने मुख्य पुल नै बाढीले बगाएको हो ।
पुल बगाएसँग धादिङबेशी र पृथ्बी राजमार्गको मुख्य सडकको सम्पर्क टुटेको छ । पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेशी आउजाउ सवारीसाधन तथा यात्रु रोकिएका छन्।
स्थानीय प्रसासनले आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरेको छ ।

