२४ भदौ २०८३, बुधबार 1788949284
समाचार

बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुग्यो

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ३२, पश्चिम नवलपरासीमा ६, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँ १३ र रसुवामा २ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ३६१ जना घाइतेहरूको उद्धार गरिएको छ।