काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन् । तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव चितवनमा भेटिएको हो ।
नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी चन्द्रभुषण यादवले बताए । जिल्ला अस्पताल चितवनमा पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन् ।
चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ । बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरीको पहिचान खुलेको हो । कोहलपुर नगरपालिका–११ घर भएका चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए ।

