काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच कुराकानी भएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले बालेनलाई फोन गरेका हुन् । कुराकानीका क्रममा सरिफले नेपालमा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्वता व्यक्त गरेका हुन् ।
सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने पनि जानकारी दिएका छन्। ‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले लेखेका छन्।

