४ आश्विन २०८३, आइतबार 1789936291
अर्थ

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। 

यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन्। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे।
 
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे। राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छन्। अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेको बस्नेतले जानकारी दिए ।