३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:25 am
खेलकुद

लियोनल मेस्सीले लिए सन्न्यास

सूचना प्रेस २०८३ भदौ १६ मंगलबार ००:००, ०६:१३ बजे १ मिनेट पढाइ

काठमाडौं। फुटबलका महान खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यान लिने घोषणा गरेका छन्। 

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पुर्‍याएका कप्तान  मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन्। 

३९ वर्षीय मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भएको बताएका छन्।उनले लेखेका छन्, “यो यस्तो निर्णय थियो, जसले मलाई निकै दुखायो र अझै पनि भित्रसम्म दुखिरहेको छ। तर अब समय आएको छ भन्ने मैले बुझेको छु।”

मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं शतप्रतिशत दिएको दाबी गर्दै भनेका छन्, “पछिल्ला केही वर्षमा हामीले सबै कुरा जितेका बेला मात्र होइन, त्यसअघि पनि मैले आफ्नो सम्पूर्ण प्रयास गरेको थिएँ। यो जर्सीका लागि सधैँ लडेँ र मैदानमा सबै कुरा छोडेँ।”

आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी र देशप्रति गर्व गर्ने अवसर दिन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन्। 

मेस्सीले अर्जेन्टिनाबाट करिब २० वर्षको अन्तर्राष्ट्रिय करियर पूरा गरेका छन्। उनले अर्जेन्टिनालाई २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका लगायतका महत्त्वपूर्ण उपाधि जिताउन नेतृत्व गरेका थिए। २०२६ को विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएको थियो। 

उनको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी युगको औपचारिक अन्त्य भएको छ।