१६ भदौ २०८३, मंगलबार 1788266474
Banner

श्रम संस्कृतिको बैठकमा सुदन किराँती पक्षलाई पस्नै दिइएन

विराटनगर । श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्दै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका पूर्वमन्त्री सुदन किराँती पक्षलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रवेश गर्नै नदिइएको हो ।

यसअघि बैठकमा सुदन पक्षलाई बोलाइएको थिएन । धरानमा बसेको बैठकमा पुगेका किराँती पक्षका नेताहरूलाई भित्र पस्न समेत दिइएन । सुदन समूहका केही केन्द्रीय सदस्य समेत बैठक स्थलमा पुगेका थिए ।

तर, ‘तपाँइहरूसँग भोलि बैठक बस्ने’ भन्दै प्रवेश गर्न नदिइएको हो । अध्यक्ष हर्क साम्पाङ पक्षले आफूलाई अलग गरेको भन्दै सुदनले आफ्नो समूहसँग धरानमै छुट्टै रणनीतिक छलफलसमेत गर्दै छन् ।