काठमााडौँ । शारडा ग्रुप र एके राठी ग्रुपले नेपाल सरकारलाई सयुक्त रुपमा १ करोड रुपैँया सहयोग गरेका छन् ।

भदौ १० गतेको विनाशकारी बाढीमा परि प्रभावित बनेकाहरूको राहत र पुर्नस्थापनाका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबारको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, ग्रुपका निर्देशक गौरव शारडा, एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी सहभागी रहे ।उनीहरुले शोकसन्तप्त परिवारप्रति समवेदना तथा विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।
शारडा र एके ग्रुप नेपालको प्रतिष्ठित अग्रणी व्यापारिक तथा औद्योगिक घराना हुन। उत्पादनमूलक उद्योग, व्यापार र अटोमोबाइल्स क्षेत्रमा लामो समयदेखि बलियो उपस्थिति रहेकाे छ ।
शारडा ग्रुपसँग संयुक्त रूपमा ८ वटा उद्योग सञ्चालनमा छन्। तीमध्ये खाने तेल, स्टिल, डिस्टिलरी, साबुन, प्लास्टिक प्याकेजिङ, फ्लोर मिल र अक्सिजन ग्यास लगायतका उद्योगहरू रहेका छन्।
यसका अतिरिक्त, हाम्रो मारुती सिमेन्ट, कार्पेट, यार्न, प्लास्टिक प्याकेजिङ तथा प्रिन्टिङ व्यवसायसमेत सञ्चालनमा छन्।
त्यस्तै नेपालको पुरानो व्यवसायी घराना हो राठी ग्रुप । यो समूहले नेपालको औद्योगिक शहर विराटनगरबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ । यो ग्रुपले आफ्नो व्यवसायलाई आयात,निर्यात, उत्पादन, सेवा र व्यापार गरि आफ्नो व्यापारलाई विविधिकरण गरेको छ । यि दुई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

