काठमाडौं । सफ्टी हाइजिन प्रालिले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिनले सहयोग गरेको हो । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । यो सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

सफ्टी हाइजिनले विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका बेला राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ ।
सफ्टी हाइजिन नेपालको एक प्रमुख तथा लोकप्रिय हाइजिन उत्पादन ब्रान्ड हो। मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा मुख्य उत्पादन कारखाना रहेको यस कम्पनीले विगत लामो समयदेखि महिला, शिशु तथा स्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न गुणस्तरीय सामग्रीहरू उत्पादन गर्दै आइरहेको छ।
उपभोक्तामाझ लोकप्रिय सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर र बेबी वाइप्सलगायतका उत्पादन कम्पनीले विगत १० वर्षदेखि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

