१७ भदौ २०८३, बुधबार 1788348780
समाचार

रास्वपा सभापति र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापति लामिछानेको बुढानिलण्ठस्थित निवासमा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।

खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।

विपद्लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।