२१ भदौ २०८३, आइतबार 1788721046
अर्थ

मामाअर्थद्वारा बाढी प्रभावित परिवारका लागि २१ लाख सहयोग

काठमाडौं । सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड मामाअर्थले बाढीबाट प्रभावित नेपाली परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

मामाअर्थ नेपालका महाप्रबन्धक शावन जायसवालले गायत्री डिस्ट्रिब्युटर्सका अध्यक्ष महेश कुमार रानसारियासहित अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उहाँको कार्यालयमा भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणपछि महाप्रबन्धक जायसवालले नेपालले वर्षौंदेखि मामाअर्थप्रति देखाउँदै आएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै संकटको समयमा नेपाली परिवारको साथमा उभिनु आफ्नो कर्तव्य भएको बताए। उनले भने, “नेपालले वर्षौंदेखि मामाअर्थलाई अपार माया र विश्वास दिँदै आएको छ। दुःख र संकटको यस घडीमा नेपालको साथमा उभिनु हाम्रो कर्तव्य हो भन्ने हामी महसुस गर्छौं।”

बाढीका कारण प्रभावित परिवारहरू आफ्नो जीवन पुनर्निर्माणमा जुटिरहेका बेला मामाअर्थले गरेको यो सहयोगले राहत तथा पुनर्स्थापनाका प्रयासमा केही योगदान पुग्ने विश्वास लिइएको छ। “अहिले आफ्नो जीवन पुनर्निर्माण गर्दै हुनुहुने प्रत्येक परिवारलाई मामाअर्थ तपाईंको साथमा छ,” कम्पनीले जनाएको छ।