२२ भदौ २०८३, सोमबार 1788789448
समाचार

गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला

काठमाडौँ : कागेश्वर मनोहरा नगरपालिका–८ गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।