२२ भदौ २०८३, सोमबार 1788789881
समाचार

जबसम्म टनेलहरू ‘ब्रेक थ्रु’ हुँदैन तबसम्म खोज जारी रहन्छ : सेना

काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीले पुरिएका वा थुनिएका जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने बताएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सबै टनेलको ब्रेक थ्रु नभएसमम खोजी जारी रहने जानकारी दिएका हुन् ।

सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाको भनाइ छ । ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोज जारी रहन्छ,’ उनले भने ।