२२ भदौ २०८३, सोमबार 1788805228
समाचार

भिडियो बनाउने क्रममा किशोरी महाकालीमा खसिन्

कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्।

स्थानीय १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा उनी नदीमा खसेको दृश्य देखिन्छ।

घटनापछि उनको खोजी कार्य जारी रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए।